यी हुन् लगानी बोर्डको ४०औं बोर्ड बैठकका महत्वपूर्ण ४ निर्णय

काठमाडौं । लगानी बोर्डको ४०औंँ बोर्ड बैठकले विभिन्न ४ वटा विषयमा निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकले तल्लो अरुण जलविद्युत परियोजना कार्यान्वयनका लागि आशयपत्र पेश गरी तोर्किको मापदण्ड पुरा गरेका प्रस्तावकहरुलाई संक्षिप्त सुचीमा राख्ने निर्णय गरेको छ ।

त्यसैगरी निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजना सार्वजनिक नीजि साझेदारीमा निर्माण गर्न जुरिच एअरपोर्ट इन्टरनेशनल एजी लाई सर्ट लिस्ट गरेको छ । यस्तै, बैठकले काठमाडौं उपत्यकाको यातायात व्यवस्थापन सम्बन्धी गुरुयोजना सम्बन्धी विस्तृत अध्ययनका लागि अर्थमन्त्रीको संयोजकत्वमा एउटा समिति गठन गरेको ।

काठमाडौं बाहिरी चक्रपथका लागि चाईना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीलाई सर्टलिस्ट गरिएको छ ।

[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2019/09/40th-Board-Meeting-PR.pdf” title=”40th Board Meeting-PR”]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?