केएल टावरले ल्यायो ‘रमाइलो दशैं तिहार’ उपहार योजना

काठमाडौं । चावहिलमा रहेको केएल टावरमा दशैं तिहारको लागी नयाँ योजना ल्याएको छ ।  दशैं तथा तिहारको लागी उपहारै उपहार सहितको ‘रमाइलो दशैँ तिहार’ योजना ल्याएको हो ।

केएल टावरका अनुसार दैनिक उपहार योजना अन्तरगत हरेक दिन एक जोडीलाई एफ क्युब सिनेमाको टिकट, एक हजार रुपैंया बराबरको शपिङ भौचरका साथै आकर्षक उपहारहरु उपलब्ध गराइनेछ । योजना अन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहारहरु पाउने छन् ।

त्यसैगरी साप्ताहिक रुपमा गोयनका ब्राण्डको रेफ्रिजिरेटर, वासिङ मेशिन, एलईडी टेलिभिज, आईरन, हिटर, भ्याकुम क्लिनर लगायतका घरायसी सामग्री उपलब्ध गराइनेछ । बम्पर उपहारमा प्रथम उपहार स्वरुप एक जनालाई यामाहाको एफजेड एसएफआई भी थ्री मोटरसाइकल बितरण गरिने मेला संयोजक हीरामणी तिमिल्सिनाले बताउनुभयो।

दोस्रो उपहार स्वरुप यामाहाकै रे जेड आर स्कूटर बितरण गरिनेछ र तेस्रो उपहार स्वरुप एक जनालाई ४ रात ५ दिनको बैंकक भ्रमणको प्याकेज उपलब्ध गराइने तिमिल्सिनाले बताउनुभयो । सान्तवना उपहार स्वरुप टाइमेक्सको घडी एक जनालाई बितरण गरिने उहाँले बताउनुभयो ।

चाडपर्वका बेला उपभोक्तालाई प्रोत्साहित गर्ने उद्धेश्यका साथ टावरले उपहार योजना सुरु गरेको हो । असोज १ गतेदेखि सुरु भएको उपहार योजना कात्तिक २५ गतेसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?