वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी बिमला पक्राउ

काठमाडौं । वैदेशिक रोजगार ठगी मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेकी छिन् ।
जिल्ला अदालत काठमाडौंको फैसलाबाट एक लाख ५० हजार कैद र १ वर्ष ६ महिना सजाय पाइ फरार रहेकी काठमाडौं महानगरपालिका १० कि बिमला थापालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले वानेश्वरबाट पक्राउ गरेको हो ।
उनलाई काठमाडौं जिल्ला अदालतमार्फत कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाइएको ब्यूरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?