पीपीएल क्रिकेट कात्तिक अन्तिम साताबाट

काठमाडौँ । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता कात्तिक अन्तिम साताबाट सुरु हुने भएको छ । आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले मंगलबार प्रेस विज्ञप्ति निकाल्दै प्रतियोगिता कात्तिक अन्तिम साताबाट सुरु हुने जनाएको हो । पहिलो संस्करणमा सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिता कात्तिक २६ गतेबाट मंसिर ७ गतेसम्म हुनेछ ।

पोखरा क्रिकेट रंगशालामा आयोजना हुने प्रतियोगितामा ६ टिमले प्रतिस्पर्धा गर्ने छन् । पीपीएलमा विराटनगर टाईटन्स, चितवन राईनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन् ।

पहिलो संस्करणको उपाधि पोखरा पल्टनले जितेको थियो । गत संस्करणको विजेताले २७ लाख प्राप्त गरेको थियो । उपविजेता बनेको चितवनले १० लाखमा चित्त बुझाएको थियो ।

यस संस्करणको विजेता र उपविजेताले पाउने रकम भने खुलाईएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?