दुई तिहाइको सरकारले अख्तियार र अदालतलाइ तर्साउन खोज्यो : वरिष्ठ नेता पौडेल

काठमाडौं ।  नेपाली काङ्ग्रेसको दोश्रो जागरण अभियान अन्तरगत प्यूठानमा अयोजित कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले अख्तियार अदालत तथा सवै संवैधानिक निकायलाई दुई तिहाई देखाएर तर्साएकाले मुलुकमा भएका ठुला आर्थिक घोटालाहरुको निष्पक्ष छानविन हुन नसकेको बताउनुभयो । दुई तिहाईको दम्भ बोकेको वर्तमान सरकारको छायांमा मुलुकको न्यायपालिका र संवैधानिक निकायहरु परेको आरोप समेत लगाउनु भएको छ । उक्त कार्यक्रममा उहाँले भन्नुभयो , ‘हरेक सम्बैधानिक निकायलाई नियन्त्रण गर्न खोजिएको छ । त्यो संविधानको विपरित हो । अख्तियार, अदालतलाई तर्साउन खोजिदैछ । जनताले दिएको दुईतिहाईको मतलाई निरकुंश शासन चलाउनका लागि प्रयोग गरीएको छ ।’

मुलुक सत्ता र पैसाको दुष्चक्रमा फस्न लागेकोमा चिन्ता समेत व्यक्त गर्नुभयो । बरिष्ट नेता पौडेलले भन्नुभयो –‘अहिले मुलुकलाई सत्ता र पैसाको दुष्चक्रमा फसाउन लागिएको छ । हिजो सरकारमा पुग्ने वित्तिकै कांग्रेसले गाँउबाट विकास सुरु ग¥यो । बाटो, विजुली, पानी शिक्षा स्वास्थ्य गाँउ गाँउमा हामीले पु¥याएको हो । हामीले गाँउ गाँउमा विकासको सुरुवात गर्न थालेसंग गाँउ गाँउमा मान्छे काट्न थालियो । मान्छे काट्नेहरु सवै एकैठाँउमा पुगेर सत्ता सञ्चालन गरेपछि अहिले विकास के भएको छ । बाहिर एउटा कुरा गर्ने अनि काम चाँही अर्कै गर्ने नेताहरुदेखि अब सचेत हुन जरुरी छ ।’

ठूला ठूला आयोजनालाई कमिशनको चक्करमा अलपत्र पारिएको साथै विना प्रतिष्पर्धा ठूला आयोजनालाई ठेक्का दिन सुरु गरेबाट आर्थिक अनियमितता भएको पुष्टी हुने पनि बताउनुभयो । ठूला ठूला आयोजनालाई कमिशनको चक्करमा अलपत्र पारिएको छ । विना प्रतिष्पर्धा ठूला आयोजनालाई ठेक्का दिने काम भएको छ । ठूला ठूला आयोजना ठूला ठूला मान्छे मिलेर मात्र भएको समेत आरोप लगाउनुभयो ।

दुईतिहाईको सरकारले गरेका कामको हिसाबकिताब नेपाली जनताले गरेको बताउदै कम्युनिष्टहरु चिल्ला कुरा गरेर जनता क्षणिक प्रभावमा पारेको हिजो क्रान्तिकारी कुरा गर्ने कम्युनिष्ट नेताहरुको व्यवहार अहिले के भएको छ भन्दै आरोप समेत लगाउनुभयो । साथै कम्युनिष्टहरु झुटा कुरा गर्न सिपालु मजदुर हिमायती भन्ने सत्तामा पुग्ने अनि मजदुर माथि नै प्रतिबन्ध लगाउने कम्युनिष्टहरुको चरित्र रहेको समेत बताउनृभयो । दासताको युग थियो त्यो समाप्त भयो ,पुँजीपतिको युग थियो त्यो पनि समाप्त भयो , अहिले कम्युनिष्टको युगमा सवै वराबरी भयो भन्ने सोचेका थिए । तर अहिले कम्युनिष्टहरु नै नयाँ वर्ग जन्मिएको छ । हिजो सामान्य जनता जहाँको त्यही छ अहिले कम्युनिष्ट पार्टीको सदस्यको रवाफ कहाँ पुगेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

दुई तिहाईको जनमत निरकुंश शासन चलाउनका लागि प्रयोग गर्न लागिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । संविधानको विपरित गइ नेताहरुलाई प्रश्न गर्न नपाउने , मानवअधिकार आयोगको अधिकार कटौती गरीएको साथै हरेक सम्बैधानिक निकायलाई नियन्त्रण गर्न खोजिएको समेत आरोप लगाउनुभएको छ । नेता पौडेलले भन्नुभयो, ृजनताले दिएको दुईतिहाईको मतलाई निरकुंश शासन चलाउनका लागि प्रयोग गरीएको साथै सवै पार्टीको सहमतिमा बनेको नागरिकता ऐन फेर्ने नहुने कांग्रेसको धारणा रहेको पनि बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?