काठमाडौं, २३ पुस । सरकारले सोमबार प्रदेश प्रमुख तोक्ने तयारी गरेको छ कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले सोमबार बस्ने मन्त्रीपरिषद बैठकले सबै प्रदेश प्रमुख तोक्ने जानकारी दिएका हुन् । आईतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले प्रशासनिक र कानुनी क्षेत्रमा उल्लेख्य योगदान दिएका र स्वतन्त्र पहिचान बनाएकाहरुलाई प्रदेश प्रमुख बनाउन सरकार लागि परेको पनि स्पष्ट पारे मन्त्री थापाले प्रदेशको राजधानी भने सरकारले तोक्ने नमिल्ने दावी गरे । उनले संविधानले प्रदेशसभालाई नै प्रदेशको राजधानी तोक्ने अधिकार दिएकाले सरकार अस्थायी राजधानी तोकेर अघि बढने पक्षमा नरहेको प्रष्टयाउनु भएको हो । मन्त्री थापाले राजनीतिक सहमतिको आधारमा प्रदेशसभाको अस्थायी मुकाम तोक्न भने सरकार तयार रहेको पनि स्पष्ट पारे मन्त्री थापाले संविधान विपरित गएर सरकारले प्रदेशको राजधानी तोक्ने काम गर्र्नै नमिल्ने तर्क समेत गरे । उनले नयाँ सरकार गठन प्रक्रिया फागुन दोस्रो साताबाट सुरु हुने पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया