पञ्चेबाजा संरक्षणमा जुटे सल्यानका युवा

सल्यान । सल्यानका युवाले पञ्चेबाजा संरक्षणमा अभियान थालेका छन् । मौलिक संस्कृतिसँग जोडिएको नौमती र पञ्चेबाजाको संरक्षणमा शारदा नगरपालिका ६ बरलाका युवा जुटेका हुन् । मौलिक संस्कृति बोकेको बाजा हराउन थालेको अवस्थामा कला र संस्कृतिको संरक्षणको लागि जुटेको अभियानका एक युवा दिलबहादुर परियारले बताउनुभयो ।

गाउँदेखि सहरसम्म विवाहदेखि भोजभतेरमा विदेशी बाजा, डेक लगायतका संस्कृति भित्रिँदा पुराना परम्परागत कला संस्कृति हराउँदै गइरहेको उहाँको भनाई छ । परम्परादेखि गाउँघरमा हुने विभिन्न चाडपर्व, विवाह तथा अन्य कार्यक्रममा पछिल्लो समय बाजाको माग बढे पनि बाजा बजाउने जनशक्तिको अभाव रहेको देखिन्छ ।

बाजा बज्ने छाडेपछि युवा मिलेर बाजा बजाउने कार्यमा लागेको युवा सन्देश परियारले बताउनुभयो । पञ्चेबाजा संरक्षणका लागि घरेलु तथा साना उद्योग विकास समितिले १ लाख ३० हजार बराबरको नौमती बाजा र शारदा नगरपालिकाले बाजा सिकाउन कास्कीबाट प्रशिक्षक बोलाएर तालिम दिएको उहाँको भनाई छ । परियार समुदायका युवापुस्ताले मात्रै पञ्चेबाजाको संरक्षण गर्न सम्भव नभएकाले अन्य समुदायका युवा पुस्ताले पनि अवलम्बन गर्नुपर्ने उनीहरुको भनाई छ । तस्वीर गुगल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?