कार्टुन उद्योगमा आगलागी

चितवन । चितवनको युनाइटेड प्याकेजिङ उद्योगमा आगलागी भएको छ । भरतपुर महानगरपालिका–४ दुर्गा चोकस्थित नारायणगढ बजारमा रहेको उद्योगले कागजका कार्टुन उत्पादन गर्दै आएको थियो ।

मंगलबार बिहान करिब २ बजेतिर आगो लागेको र नियन्त्रणको प्रयास जारी रहेको नारायणगढ प्रहरीले जनाएको छ । दमकलको सहायतामा सुरक्षाकर्मी र स्थानीय आगो निभाउन खटिएका छन् ।

आगलागीको कारण भने अझै खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?