यू-१६ फुटबल टोलि स्वदेश फर्कदै

काठमाडौं । जोर्डनमा सम्पन्न एएफसी यू-१६ च्याम्पियनसिप छनोट प्रतियोगितामा सहभागिता जनाएर नेपाली यू-१६ फुटबल टोलि आज स्वदेश फर्कने भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टिम मंगलबार साँझ नेपाल आईपुग्ने जनाएको छ । नेपाली टोलि आज साँझ ६:३० मा नेपाल आईपुग्ने छन् ।

छनोटमा चौंथो भएको नेपालले श्रीलंकालाई मात्र हराएको थियो । आइतबार राति भएको खेलमा नेपालले श्रीलंकालाई ३-० गोल अन्तरले हराएको थियो ।

त्यसअघि पहिलो खेलमा घरेलु टोली जोर्डनसंग ७-० ले पराजित नेपालले दोस्रो खेलमा कुवेतसंग १-१ को बराबरी खेलेको थियो । तेस्रो खेलमा नेपाल ताजिकिस्तानसंग ७-० ले पराजित भएको थियो ।

समूह ए मा रहेको नेपालले ४ खेलबाट ४ अंक जोडेको थियो । प्रतियोगिताबाट ताजिकिस्तान च्याम्पियनसिपका लागि छनोट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?