सानिमा बैंकले बोनस प्रस्ताव पारित गर्न बोलायो साधारणसभा

काठमाडौं । असोज २९ गते सानिमा बैंकले वार्षिक साधारण सभा बोलाएको छ । गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ११ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयरको प्रस्तावमाथि छलफल गरी पारित गर्ने कार्यक्रम तय भएको छ ।

बोनस शेयर वितरणबाट बैंकको साविक जारी तथा चुक्ता पुँजी ८ अर्ब १२ लाख ५५ हजारलाई वृद्धि गरी ८ अर्ब ८० करोड १३ लाख ८० हजार बनाउन प्रबन्धपत्र संशोधनको प्रस्ताव समेत सभाको लागि तय भएको छ । सभा प्रयोजनका लागि बैंकले असोज १३ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?