ग्याँसमा व्यवसायीको लूट, निगमले निकाल्यो यस्तो विज्ञप्ति

काठमाडौं । नेपाल आयल निगमले मूल्य घटाएपनि व्यवसायीहरुले पुरानै मूल्यमा ग्याँस बेचेको भेटिएको छ ।
निगमले गत असोज ३ गते मध्यरातदेखि लागु हुने गरी एल.पी ग्याँसको मूल्य घटाएको थियो । खुद्रा मूल्यमा प्रति सिलिण्डर १३७५ रुपैयाँ रहेको मूल्यमा २५ रुपैयाँ घटाएको थियो ।

तस्वीर : NOC

तर, अनुगमनका क्रममा निगमले व्यवसायीहरुले पुरानै मूल्यमा ग्याँसको कारोबार गरिरहेको फेला पारेको हो।
निगमले एक विज्ञप्तिमार्फत घटेको मूल्य अनुसार ग्याँस कारोबार नगर्ने व्यवसायीहरुलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?