एन आई सी एशियाले गर्यो सेल्सबेरी र सेलवेज डिपार्टमेन्ट स्टोरसँग यस्तो सम्झौता (विज्ञप्तिसहित)

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेड र सेलवेज क्यास एण्ड क्यारी प्रा. लि अन्तर्गतका सेल्सबेरी र सेलवेज डिपार्टमेन्ट स्टोरसँग सम्झौता गरेको छ ।

उक्त सम्झौतामा एन आई सी एशिया बैंकको मोबाइल बैंक एप प्रयोग गरी QR मार्फत् सामान खरिद गर्दा १५% वा अधिकतम ५ सय सम्म छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौताअनुसार सेल्सबेरी तथा सेलवेज डिपार्टमेन्ट स्टोरमा सामान खरिद गर्दा एन आई सी एशिया बैंकको मोबाइल बैंक एपको QR मार्फत् भुक्तानी गर्दा १५% रकम वा अधिकतम ५ सय सम्म छुट प्राप्त गर्न सकिने छ । यो अफर सेल्सबेरी डिपार्टमेन्टल स्टोरको सबै आउटलेटहरुमा र सेलवेज डिपार्टमेन्टल स्टोरको पोखरा आउटलेटमा पनि लागू हुनेछ ।

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कुमार राठीज्यू र सेलवेज क्यास एण्ड क्यारी प्रा. लिको तर्फबाट कम्पनीका प्रमुख वित्त अधिकृत श्री सन्दिप प्रधानाङ्गूले हस्ताक्षर गर्नुभयो ।

आश्विन पहिलो हप्तादेखि छठ पर्वसम्म लागू हुने यो योजनाबाट ग्राहक महानुभावहरुले चाडपर्वको समयमा अधिकतम लाभ लिन सकिने छ ।
यस्तो छ विज्ञप्ति: 

[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2019/09/NIC-ASIA-Bank.pdf” title=”-NIC-ASIA-Bank”]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?