काठमाडौं, २३ पुस । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज हुने भनिएको पार्टी एकता संयोजन समिति बैठक पुनः स्थगित भएको छ प्रचण्ड चितवनबाट काठमाडौं आउने भनिएता पनि मौसम प्रतिकुलताका कारण समयमै काठमाडौं आइपुग्न नसकेका कारण बैठक स्थगित भएको हो गृह जिल्ला चितवनमा रहेका अध्यक्ष दाहाल आज समयमै काठमाडौं आउने र एकता संयोजन समितिको बैठक बस्ने तय भएको थियो तराई क्षेत्रमा चिसो बढेसँगै बाक्लो हुस्सु लागेपछि हवाइ उडान अवरुद्ध हुँदा अध्यक्ष दाहाल काठमाडौं आउन समयमा आउन नसकेका हुन् त्यस्तै, दाहाल सडक मार्गहुँदै काठमाडौं आउँदै छन् । अध्यक्ष दाहाल काठमाडौं आएपछि दुई अध्यक्षबीच कुराकानी भएर मात्र एकता संयोजन समितिको बैठक बस्ने एमाले अध्यक्ष ओलीका प्रेस सल्लाहकार चेतन अधिकारीले जानकारी दिए यसैबीच, एमाले अध्यक्ष ओली नियमित स्वास्थ्य जाँचका लागि पुस २६ गते बैंकक जाँदै छन् । त्यसैले, अध्यक्ष ओली बैंकक जानु अघि नै एकता संयोजक समितिको बैठक बस्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया