नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच भएको समझदारीपत्रमा के छ ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टीबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । नागपोखरीस्थित मेरियट होटलमा आयोजित एक कार्यक्रममा नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओले हस्ताक्षर गरेका हुन् । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको उपस्थितिमा हस्ताक्षर भएको हो ।
के छ समझदारीपत्रमा ?

समझदारीपत्रमा उच्चस्तरीय भ्रमणदेखि विचार–सिद्धान्तमा आधारित वार्षिक कार्यक्रमसम्म रहेको नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले फेसबुकमार्फत जानकारी दिनुभएको छ ।
रिजालका अनुसार समझदारी पत्रमा रहेका ६ बुँदा यस्ता छन् :

१. उच्चस्तरीय भ्रमण,
२. कार्यकर्ता तहको अध्ययन भ्रमण वृद्धि,
३. पार्टी(पार्टी अनुभव आधारित सहयोग आदानप्रदान,
४. युवा र स्थानीय नेताहरूबीच भ्रमण आदानप्रदान,
५. जनस्तरको सम्बन्ध (बुद्धिजीवी, नागरिक संस्था, मिडिया) अभिवृद्धि,
६. विचार(सिद्धान्तमा आधारित वार्षिक कार्यक्रम सञ्चालन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?