दोस्रो विवाह गर्ने तयारीमा नायिका श्वेता खड्का

काठमाडौं, २३ पुस । नायक श्रीकृष्ण श्रेष्ठसँग विवाह गरे लगत्तै एकल महिला बन्न पुगेकी नायिका श्वेता खड्का पुनः विवाह बन्धनमा बाँधिने भएकि छिन् घर परिवार र साथीभाइबाट विवाहका लागि दबाब आएपछि नायिका खड्का विवाह गर्ने सोचमा पुगेकी हुन् नायिका खड्काले निर्माण गरेको चलचित्र ‘कान्छी’ आउँदो फागुन ४ गते प्रदर्शनमा आउँदैछ । काभ्रेको पनौतीमा जन्मिएकी श्वेता संघर्ष गर्दै चलचित्र क्षेत्रमा आएकी हुन् । तीन वर्ष अघि पति वियोगमा परेकी श्वेताले विवाहका बारेमा खुलेर भने जवाफ दिएकी छैनन् विवाहका बारेमा प्रश्न गर्दा उनले दोस्रो विवाह आफ्नो हातमा नरहेको भन्दै पन्छिने गरेकी छिन् । साथै, अर्को विवाहबारे उनले दर्शकको चाहनाअनुसार अघि बढ्ने बताएकाले पनि दर्शकले विवाह गर्नुपर्छ भनेर दबाब दिएको र उनी विवाह गर्न राजी हुने सम्भावना देखिएको छ पति श्रेष्ठको निधन पश्चात लामो समय शोकमा परेकी उनी त्यसपछि पहिलो चलचित्र ‘कान्छी’ निर्माण गरेर चलचित्र क्षेत्रमा कमब्याक भएकी हुन् । बाल्यकाल र चलचित्र क्षेत्रमा प्रवेश गर्दा निकै संघर्ष गरेकी उनी यहि क्षेत्रमा समय बिताउने इच्छा व्यक्त गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?