काठमाडौं । पशु सेवा विभागले दशैंलाई लक्षित गर्दै सार्वजनिक गरेको पोष्टरमा विवाद देखिएको छ । ‘बधशालादेखि भान्सासम्म स्वस्थ र स्वच्छ मासु’ शीर्षक राखिएको पोस्टरमा नेपालको राष्ट्रिय जनावर र हिन्दू धर्मावलम्बीले लक्ष्मी मानेर पूजा गर्ने गाईको समेत तस्वीर समावेश भएपछि उक्त विवादास्पद बनेको हो ।
पोस्टरमा मासुजन्य पदार्थको रुपमा खसी, बंगुर, भेडा, माछासँगै गाईको तस्वीर राखिएको छ ।
पोस्टरका अन्य तस्वीरहरुमा पनि विचार पुर्याइएको छैन । स्वच्छ मासु भनिएको पोस्टरमा पाठाले दूध खाइरहेको बाख्राको तस्वीर पनि राखिएको छ ।
विभागका प्रवक्ता डा.चन्द्र ढकालका अनुसार जनचेतनाको लागि उक्त पोस्टर डिजाइन गरिएको हो । यस सम्वन्धमा मंगलबार बिहान बसेको बैठकमा समेत छलफल भएको छ । बधशाला र मासु पसलमा वितरण गर्न बनाइएको ती पोष्टरबाट गाईको तस्वीर हटाउने गरी निर्णय भएको ढकालले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया