मलेसिया रोजगारी खुलेसँगै आकाशियो हवाइ भाडा

काठमाडौं । गत सातादेखि कामका लागि मलेसिया जान नेपालीहरुलाई खुला भएपछि हवाइ भाडा अस्वभाविक रुपमा बढेको छ । करिब डेढ वर्षदेखि रोजगारी बन्द हुँदा यो रुटमा एयरलाइन्सले उडान कटौती गरेका थिए । उडान कटौती भएको अवस्थामा एकैपटक रोजगारी खुल्दा भाडा आकाशिएको हो ।

रोजगारी बन्दा हुँदा एयर एसियाले काठमाडौं उडान बन्द गरेको थियो भने मालिन्दो र मलेसियन एयरले उडान कटौती गरेका थिए । नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले उडान जारी भएपछि भाडा आकाशिएको छ ।

अहिले मलेसिया जान एकतर्फी ३५ हजारसम्म भाडा पुगेको छ । एक महिनाअघिसम्म २० हजार रहेको भाडा अहिले बढेर ३५ पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?