अब बैंकका अध्यक्षहरुले पनि छुट्टै संघ बनाउने

काठमाडौं । बैंक तथा वित्तिय संस्थाका अध्यक्षहरु मिली संस्था स्थापना गर्न लागेका छन् । बैक तथा वित्तिय संस्थाको कामकारबाहीलाइ थप शसक्त र बलियो बनाउनको लागी भन्दै अध्यक्षहरु एक ठाँउमा भेला भएका हुन् ।

एनएमबी बैंकका अध्यक्ष पवन गोल्यानको नेतृत्वमा ‘चेयरमेन एसोशिएसन’ दर्ता गर्ने प्रक्रिया अगाडी बढेको हो ।

संस्था दर्ताको लागि आवश्यक कागजात सहित जिल्ला प्रशासन कार्यलय काठमाडौंमा निवेदन दिएको र संस्था दर्ताको प्रक्रिया अगाडी बढेको एनएमबी बैंकका गोल्यानले बताउनुभयो ।

सिइओहरुको एसोसिएसन छुट्टै रहेको र सिइओहरुलाई सल्लाह तथा सुझाव दिनको लागि अध्यक्षहरुले संस्थागत रुपमै संगठित हुन् लागेका हुन् । सिइओहरु जस्तै अध्यक्षहरु पनि एक ठाउँमा आउनुपर्ने महशुस भएर नै अध्यक्षहरुको संस्था दर्ता गर्न लागिएको गोल्यानको भनाई रहेको छ ।

बैंकर्स संघमा वाणिज्य बैंकका सिइओहरु मात्रै सदस्य रहेको तर अब बन्ने अध्यक्षहरुको संस्थामा भने वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीलाई समेत समेटेर अगाडी बढ्ने उहाँको भनाई छ । अहीले संस्था दर्ता प्रक्रियामात्रै सुरु भएको र त्यसलाई कुन रुपले अगाडी बढाउने भन्ने विषय छलफलकै क्रममा रहेको पनी उहाँले बताउनुभयो ।

नेपाल राष्ट्र बैंकले ुगत साउनमा केही नितिगत ब्यवस्था ल्याउँदा नै सिइओहरु अव काम गर्न नसकिने भन्दै अध्यक्षलाई गुहार्न पुगे । त्यसपछि हामी संचालहरुकले नै बसेर छलफल गरेर नीतिगत सुधाहरु गर्दा हामी डराउन हुँदैन थप मजबुत बनेर जानु पर्छ ।

अध्यक्ष गोल्यानले भन्नुभयो , यसले वित्तीय क्षेत्र केही प्रभावित होला तर धरासायि नहुने भन्दै अध्यक्षहरुले नै हिम्मत दिएकोले अहीले बैंकिङ क्षेत्रै पहीलेकै अवस्थामा छ । त्यस्तो अवस्था पुन आउन सक्ने भएकोले सिइओहरुलाई हौसला दिनको लागि पनि संस्था आवश्यक रहेको गोल्यानले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?