यस वर्षको दशैंको सुभ साइत सार्वजनिक, विदेशमा बस्नेको कति बजे ?

काठमाडौँ । हिन्दु धर्मावलम्बीहरुको महान चाड बडा दशैँको सुभ साइत तोकिएको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले एक विज्ञप्तिमार्फत दशैँको सुभ साइत सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरको दशैंको सुभ साइत देशैँपिच्छे फरक रहेको छ ।

समितिका अनुसार नेपालमा दशैँको शुभ साइत बिहान १०:३५ मा परेको छ । त्यस्तै भारतमा बिहान १०: १९, बेलायतमा ११:५१ , क्यानडामा ११: ४५ र जापानमा ९ : ५१ को समय तोकेको छ ।

अमेरिकाको चार स्थानमा त्यहाँको समय अनुसार छुट्टाछुट्टै समय तोकिएको छ । अमेरिकाको न्यूयोर्कमा बिहान ११:२१, केन्टुकीमा ११ :५५, टेक्सासमा ११:२७, र क्यालीफोर्नीयामा ११:०५ को समय तोकिएको छ ।

यस्तै अस्ट्रेलियामा बसोबास गर्ने हिन्दु धर्मावलम्बीहरुका लागि पनि तीन स्थानमा फरक फरक समय तोकिएको छ । अस्ट्रेलियाको सिड्नीमा बिहान ८:०५, मेलवर्नमा ८:२१ र ब्रिसवेनमा ९: ०० बजे तोकिएको छ ।

अंग्रेजी तारिख अनुसार नेपाल, भारत, जापान र अस्ट्रेलियामा ८ अक्टोबरमा दशैँको साइत परेको छ भने क्यानडा, बेलाएत र अमेरिकामा ७ अक्टोबरका दिन शुभ साइत परेको छ ।

[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2019/09/imagetopdf.pdf”]

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?