काठमाडौं, २३ पुस– एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार वार्ता भएको छ । अध्यक्ष ओली निवास बालकोटमा २ घण्टा चलेको वार्तामा दुबै अध्यक्ष एकता प्रक्रियालाई टुंगोमा पुर्याउन सहमत भएका छन् बैठकपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकता प्रक्रियालाई टुंग्याएर जाने सहमति भएको प्रतिक्रिया दिए ‘सरकारको विषय र मुलतः पार्टी एकताका विषयमा छलफल भयो । जुन प्रक्रियामा अघि बढेका छौं, त्यसलाई निश्कर्षमा पुर्याउने सहमति भएको छ’, प्रचण्डले बैठकपछि भने, ‘भोलि एमाले र हाम्रो पार्टीको बैठक बसि आन्तरिक छलफल गरेर पर्सी एकता संयोजन समितिको बैठक बस्छ।’समितिको बैठकबाट वैचारिक राजनीतिक र सांगठनिक विषय हल गर्न अर्को टीम बनाएर जाने पनि प्रचण्डले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया