एक अध्ययनका अनुसार, महिनावारी पूरा भएको पाँचौंदेखि सातौं दिनसम्म महिलामा सेक्स उत्सुकता बढ्ने गर्छ। यस अवधिमा महिलालाई सहवासमा बढी आनन्द महसुस हुने ।
जर्मनीको युनिभर्सिटी अफ बेम्बर्गनका अनुसन्धाताहरू एक हजार युवा र युवतीमा सर्वेक्षणपछि यस्तो निष्कर्ष निकालेका हुन्।
सहभागीहरूलाई महिलासँग कुन समय यौनसम्बन्ध राख्दा उनीहरूलाई बढी आनन्द अनुभूति हुन्छ भन्नेबारे प्रश्न सोधिएको थियो ।
यौन विशेषज्ञहरूका अनुसार, महिनावारी पूरा भएको पाँचदेखि सात दिनसम्म यौनको इच्छा बढी हुन्छ । महिनावारी पूरा भएपछि यौनका लागि उत्तेजित गर्ने हार्मोन सक्रिय हुन्छ ।
अनुसन्धाताहरूले त्यस अवधिमा युवतीहरूको मस्तिष्कको तरंगमा समेत अध्ययन गरेका थिए ।
त्यस अनुसार, महिनावारीपछिको तीन दिनमा हुने सहवासले बढी रमाइलो अनुभूति दिने बताइएको थियो । त्यो सर्वेक्षणमा युवतीहरूले महिनावारीपछिका तीन दिन पूर्ण यौनानन्दको चाहना राख्ने गरेको बताए ।
उनीहरूका अनुसार, त्यो बेला पाइने यौनानन्द अन्य दिनको दाँजोमा निकै सुखद हुन्छ । अध्ययनमा पाइए अनुसार, महिनैपिच्छे तीन दिन गरिने सहवासले वैवाहिक जीवनलाई बढी रमाइलो बनाउने गर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया