जितसँगै युभेन्ट्स सिरि ए लिगको शीर्ष स्थानमा

एजेन्सी । नव प्रवेशी क्लब ब्रेशियालाई २-१ गोल अन्तरले पराजित गर्दै युभेन्ट्स सिरि ए लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
मारियो बालाटोनीको डेब्यु खेलमा घरेलु टोली ब्रोशयाले अल्फ्रेडो डोनारुम्माको गोलबाट अग्रता लिएको थियो ।

अल्फ्रेडोले चौथो मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । लिभरपुल तथा म्यानचेष्टर सिटीका पुर्व फरवार्ड बालाटोनी अहिले बाल्यकालको क्लबमा पुगेका छन् । उनी चार खेलको प्रतिबन्धका कारण सुरुवाती खेल गुमाउन पुगेका थिए । उनले युभेन्ट्सविरुद्द मैदान उत्रदै सिजनको सुरुवात गरेका हुन् ।

तस्वीर गूगल

जोन चान्सलरले ४० औ मिनेटमा आत्मघाती गोल गरेपछि युभेन्ट्स खेलमा फर्किएको थियो । मिरलेम पेनामिकले ६३ औ मिनेटमा गोल गर्दै युभेन्ट्सको जित सुनिश्चित गर्ने काम गरे ।

युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डो चोटका कारण खेलमा अनुपस्थित रहेका थिए ।

युभेन्ट्स ५ खेलबाट १३ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ब्रोशया ६ अंक जोड्दै तालिकाको १२ औ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?