चोटका कारण मेस्सी मैदान बाहिर, भिडालको गोलमा बार्सिलोनाको जित

एजेन्सी । स्पेनिस लिग अन्तर्गतको खेलमा बार्सिलोनाले स्पेनिस लिगमा जित निकालेको छ । मंगलबार राति भएको खेलमा बार्सिलोनाले घरेलु मैदानमा भिल्ला रियललाई २-१ गोल अन्तरले हराएको हो ।

पिँडुलाको चोटबाट निको हुँदै मेस्सी मैदान फर्किएका थिए । तर थाईमा समस्या देखिएपछि उनी दोस्रो हाफमा मैदानमा देखिएनन् ।
अर्जेन्टिनी फरवार्डले स्पेनिस लिगमा ४ सय खेल पुरा गरे । उनकै कर्नरमा एन्टोनी ग्रिजम्यानले हेडमार्फत गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

तस्वीर गूगल

ग्रिजम्यानले छैटौ मिनेटमा गोल गरेका हुन् । अर्तुर भिडालले १५ औ मिनेटमा घरेलु टोलीको अग्रतालाई दोब्बर बनाउने काम गरे ।क्याजोलाले ४४ औ मिनेटमा भिल्ला रियलका लागि एक गोल फर्काएपनि टोलीको हार टार्न सकेनन् ।

जितपछि बार्सिलोनाका मुख्य प्रशिक्षक एर्नेस्टो भाल्भर्डेले मेस्सीको चोट सामान्य रहेको प्रतिक्रिया दिए । बार्सिलोना तीन अंक बटुल्दै तालिकाको चौथो स्थानमा उक्लियो । सिजनको खराब सुरुवात गर्ने क्रममा बार्सिलोनाले ४ खेलबाट १० अंक जोड्यो ।

भिल्ला रियल ८ अंक सहित तालिकाको आठौं स्थानमा छ । मेस्सीलाई फ्रेन्च फरवार्ड उसमान डेम्बेलेले स्थानान्तरण गरेका थिए ।

नवप्रवेशी क्लब ग्रानडा तालिकाको शीर्ष स्थानमा छ । एट्लेटिको बिल्बाओ दोस्रो स्थानमा रहदाँ रियल मड्रिड तालिकाको तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?