कृषि विकास बैंक ह्याक गरी ३ करोड लुटेको आरोपमा १० जना पक्राउ

काठमाडौं । कृषि विकास बैंकको सीस्टम ह्याक गरी ३ करोडभन्दा धेरै रकम निकालिएको छ । यसरी रकम निकालिएको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौंका सुजन कार्की, निमा तामाङ, सञ्जय घले, विद्या सागर, नुवाकोटका लेमान तामाङ, लक्ष्मी तामाङ लगायत रहेका छन्।

गएराति उनीहरुलाई काठमाडौँसहित देशका विभिन्न भागबाट पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ।

महाशाखाका एसएसपी सहकुल थापाले आज दिउँसो २ बजे महाशाखामा पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरुलाई सार्वजनिक गरिने पनि बताउनुभएको छ ।

प्रहरी स्रोतकाअनुसार ट्रान्सफर भएको रकम निकाल्ने १० जनामध्ये तीन जनालाई आइतबार काठमाडौंबाट र अन्यलाई काठमाडौं बाहिरबाट पक्राउ गरिएको हो।

कृषि विकास बैंकको विभिन्न शाखामात्र ट्रान्सफर गरेर केन्द्रीय शाखाबाट सो रकम निकालेको देखिएको प्रहरीले जनाएको छ। तर, कसरी निकालियो भन्ने बारेमा प्रहरीले केही खुलाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?