दैनिक साढे दुइ अर्ब रेमिट्यान्स भित्रिन थाल्यो, सबैभन्दा धेरै मनोरञ्जनमा खर्च हुँदै

काठमाडौं । रोजगारीको शिलसिलामा विश्वका बिभिन्न मुलुकमा रहेका नेपालीहरुले दैनिक अढाइ अर्ब रेमिट्यान्स पठाउन थालेको पाइएको छ । चालु आर्थिक वर्षको पहिलो महिना श्रावणमा मात्र ७५ अर्व ४० करोड रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

धेरै कमाइ हुने साथै अर्थतन्त्रका हिसाबले ठूला भनिएका राष्ट्रहरु जापान, दक्षिण कोरिया, अस्ट्रेलिया, क्यानडा, अमेरिकाबाट १०–१२ प्रतिशत रेमिटयान्स मुलुकमा भित्रिँदै आएको छ  ।

खाडी राष्ट्रको तुलनामा ती मुलुकमा नेपाली कामदारको संख्या कम भए पनि आम्दानी निकै धेरै हुन्छ  । त्यो आम्दानीको ठूलो हिस्सा नेपाल पनि भित्रन्छ  ।

चालू आर्थिक वर्षको शुरुदेखि नै रेमिट्यान्स आप्रवाह वृद्धिदर उच्च देखिएको छ ।चालू आर्थिक वर्षको शुरुदेखि नै रेमिट्यान्स वृद्धिदर उच्च दरले बढ्न थालेको छ  । साउनमा रेमिटयान्स वृद्धिदर ३३।१ प्रतिशत बढेको राष्ट्र बैंकको तथ्यांक छ  । उक्त अवधिमा अमेरिकी डलरको विनिमय दर बढ्नुका साथै कोरिया, अमेरिका र भारतबाट वैधानिक प्रणालीमार्फत भित्रिने रकम बढेपछि समग्र रेमिट्यान्स वृद्धिदर उच्च बनेको राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका अधिकारीले जानकारी दिनुभयो ।

ती राष्ट्रमा रेमिट्यान्स सेवा प्रदायक कम्पनीको पहुँच वृद्धिसँगै वैधानिक बाटोबाट आउने रेमिटयान्स बढ्न थालेको हो  । पछिल्ला महिनामा ती राष्ट्र«मा धेरै रेमिटयान्स प्रदायक संस्थाको संख्या बढेको छ । यसकारण नेपाली कम्पनीलाई पनि त्यहाँबाट रेमिट्यान्स ल्याउन सजिलो भएको हो  । यसअघि ती राष्ट्रमा कार्यरत अधिकांश नेपालीले हुन्डी लगायत अन्य अवैधानिक प्रणालीमार्फत रेमिट्यान्स पठाउँदै आएका थिए  । धेरै नेपाली रहेका मलेसिया र कतारमा अझै पनि वैधानिक बाटोबाट रेमिटयान्स ल्याउन समस्या भएको रेमिट्यान्स कम्पनीहरु बताउँछन् ।

अमेरिकी डलरको भाउ बढेकाले रेमिटयान्स बढेको विज्ञ बताउँछन् । साउनमा नेपाली मुद्रा सँग अमेरिकी डलरको विनिमय दर उच्च नै रहन पुग्यो । नेपालमा भारतबाहेक सबै राष्ट्रबाट आउने रेमिट्यान्स अमेरिकी डलरमा आउँछ  । यसकारण डलरको विनिमय दर बढेपछि रेमिटयान्स आप्रवाह पनि बढ्छ र घट्दा घट्छ  ।

गत आर्थिक वर्षमा ८ खर्ब ७९ अर्ब रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको थियो  । त्यसमध्ये करिब २ खर्ब रुपैयाँ भारतबाट मात्र आएको छ  ।

अघिल्ला वर्षमा भारतबाट निकै कम रकम मात्र वैधानिक बाटोबाट आउने गथ्र्यो  । भारतमा बैंकबाहेक रेमिट्यान्स कम्पनीहरू पनि सक्रिय बन्न थालेपछि वैधानिक बाटोबाट आउने रेमिट्यान्स बढेको हो  ।

भारतसँगै अमेरिका र कोरियाबाट पनि वैधानिक प्रणालीबाट आउने रेमिट्यान्स बढ्न थालेको छ । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या (पुनः श्रम स्वीकृतिबाहेक) मा कमी आएको छ  । श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा १९ प्रतिशतले घटेको छ  ।

उक्त अवधिमा मलेसिया जाने कामदारको संख्यामा उच्च वृद्धि भएको तर साउदी अरेबिया र कतार जानेको संख्यामा उल्लेख्य गिरावट आएको सरकारी तथ्यांक छ  । नेपाल भित्रिने रेमिट्यान्समध्ये अधिकांश हिस्सा खाडी मुलुक र मलेसियाबाट आउने गरेको छ  । खाडी राष्ट्रमध्ये पनि साउदी अरब, कतार, कुवेत, युनाइटेड अरब इमिरेटस ९दुबई० र बहराइनबाट धेरै रकम नेपाल आउँछ  ।

यसरी प्राप्त रेमिट्यान्स भने खाद्यन्न तथा मनोरञ्जनमा बढि खर्च हुने गरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?