महोत्तरीमा टयाक्टरको ठक्करबाट एक बालकको मृत्यु

महोत्तरी । महोत्तरीमा टयाक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । औरही नगरपालिका-६ बैरियास्थित सडकमा ज.२ प ९१५ नम्बरको टयाक्टरको ठक्करबाट सोही ठाउँ बस्ने अरूण मण्डलको ३ वर्षीय छोरा आरएन मण्डलको मंगलबार साँझ घटनास्थलमै मृत्यु भएको छ ।

ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?