कृषि विकास बैंक हृयाकिङका योजनाकार काले रहेको खुलासा, काे हुन का‌ले ?

काठमाडौं । कृषि विकास बैंकको लहान शाखाबाट ४ करोड ७३ लाख रुपैयाँ चोरी प्रकरणको योजनाकार काले भनिने पिटर भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । भारतमा बस्दै आएका पिटरले नेपालका बैंक तथा वित्तीय संस्थामा हृयाक गरेर ५ अर्बभन्दा बढी रकम चोरी गर्ने योजना बनाएको प्रहरीको दाबी छ । प्रहरीका अनु्सार मु्ख्य योजनाकार काले भनिने पिटर अफ्रिकी मुलका नागरिक रहेका छन् । उनको राष्ट्रियता खुल्ने क्रममा रहेको प्रहरीको भनाई छ ।

एसएसपी थापाका अनुसार मुख्य नाइके भनिएका पिटरले नेपाली भाषा समेत बोल्न सक्नछन् ।

पिटरले नेपाली नागरिकलाई प्रयोग गरेर कृषि विकास, कैलाश विकास र नवील बैंकका साथै पानस रेमिटलगायतका वित्तीय संस्थाको क्रेडिएन्सल हृयाकिङ गरी रकम निकालेको प्रहरीको दाबी छ ।

यो समूहले हृयाक गरेर कृषि विकास बैंकको लहान शाखाबाट ४ करोड ७३ लाख १६ हजार र पानस रेमिट नयाँ बानेश्वरबाट १२ लाख रुपैयाँ लुटेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

लुटेको रकम हुण्डीमार्फत भारत पठाउने गरिएको थियो । हृयाटिङमा प्रयोग हुनेहरुले भने १५ देखि ३५ प्रतिशत कमसिन पाउने गरेको प्रहरीको अनुसन्धानले खुलेको छ ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।

 

याे पनि पढ्नुहाेस्ः

कृषि विकास बैंक ह्याकिङमा संलग्न १२ जना सार्वजनिक, मुख्य योजनाकार काले !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?