काठमाडौं । बैंक तथा वित्तिय संस्थाका प्रविधिहरुको दुरुपयोग गरी पाँच अर्व रुपैयाँ भन्दाबढि रकम झिकेर विदेश लैजाने योजनामा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
महानगरीय अपराध महाशाखाले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बैंक तथा वित्तिय संस्थाका प्रविधिहरुको दुरुपयोग गरी ५ अर्वभन्दा बढि रकम झिकेर विदेश लैजाने योजनामा संलग्न १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरुमा रसुवाकी लक्ष्मी लामा तामाङ, नुवाकोटका लवाङ तामाङ, रसुवाकी निर्मला तामाङ, निमा तामाङ, काठमाडौं काभ्रेस्थलका संजय घले, सर्लाहीका पुष्पराज खड्का, जमजुङका विद्या सागर लामिछाने रहेका छन । त्यसैगरी तनहुँका श्रवणकुमार श्रेष्ठ, भक्तपुरकी सुनिता श्रेष्ठ, भारतको कलकत्ता घर भई हाल काठमाडौं टेबहाल बस्ने शुबकन्दर पन्जा, कैलालीका विजय साह र चन्द्रबहादुर बुढालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
कृषि विकास बैंकबाट हालसम्म एकीन खुल्न आएको रकम ४ करोड ७३ लाख ९६ हजार ह्याक भएको रकमको अनुसन्धानको क्रममा उनीहरुलाई पक्राउ गरि कार्वाही प्रक्रिया अघि बढाइएको महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले जानकारी दिनु भयो । उनीहरुले पानस रेमिट नयाँबानेश्वरबाट पनि १२ लाख ह्याक गरेको खुलासा भएको पनि उहाँले बताउनु भयो ।
महाशाखाका अनुसार भारतको मुम्बईमा बस्ने काले भनिने पिटरले नेपालीहरुलाई सम्पर्क गरी बैंक तथा वित्तिय संस्थाको रकम निकाल्ने काममा प्रयोग गरेका थिए । रकम निकालेर भारत पठाउनेलाई जम्मा रकमको १५ देखि ३५ प्रतिशतसम्म कमीशन दिने गरी सो काममा लगाइएको पनि अनुसन्धानमा खुल्न आएको महाशाखाका प्रमुख थापाले बताउनु भयो ।
याे पनि पढ्नुहाेस्ः
कृषि विकास बैंक हृयाकिङका योजनाकार काले रहेको खुलासा, काे हुन काले ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया