एकाबिहानै धनुषामा गोली चल्यो, एक जना घाइते, कटुवा पेस्तोलसहित दुई थान गोली बरामद

काठमाडौँ । धुनषामा प्रहरीले गोली चलाएको छ। लुटपाट तथा डकैती गरिरहेको समूहलाई नियन्त्रणमा लिन धनुषा जानकी उपमहानरपालिका २ मा बिहीबार बिहान ३ः३० बजे प्रहरीले गोली चलाएको हो । सुरक्षा गस्तीमा रहेको प्रहरी टोलीले ताला फोडेर लुटपाट गर्न खोजेका चार जना लुटेरालाई नियन्त्रणमा लिएको छ।

गोली लागेर लुटपाटमा संलग्न रौतहटका विनोद प्रसाद सिंह घाइते भएका छन्। यस्तै, प्रहरीले रौतहटकै गगन पटेल र भारत सितामढीमा मोहम्मद अलिया र मुजिर अन्सारीलाई नियन्त्रणमा लिएको छ । लुटेरा समूहबाट प्रहरीले एउटा कटुवा पेस्तोल र दुई थान गोली पनि बरामद गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?