‘भारत’ छाडेपछि प्रियंकालाई सलमानले के भने, प्रियंकाकाे प्रतिक्रिया यस्तो छ

एजेन्सी । बलिउड अभिनेता सलमान खान र प्रियंका अभिनेत्री प्रियंका चोपडा लिड रोलमा रहने गरि फिल्म ‘भारत’ को घोषणा गरियो । केहि समयदेखि बलिउडबाट टाढा रहेकी प्रियंकाले पहिल्लो समय सलमान खानको फिल्म ‘भारत’ खेल्ने भएपछि त्यसको चर्चा निकै चुलियो ।

प्रियंका ‘भारत’बाट हिन्दी सिनेमामा फर्किने छिन् भन्ने प्राय सबैलाई थाहा भइसकेको थियो । तर यहि समयमा प्रियंकाले आफुले ‘भारत’मा नखेल्ने बताएपछि फिल्मको निर्माता–निर्देशक लगायत सबैलाई धक्का पुग्यो । अन्ततः निर्माताहरूले क्याटरिना कैफलाई फिल्मको लिड रोलमा अनुबन्ध गरे ।

एक फिल्म ‘प्रमोसन’ को क्रममा सलमान खानले प्रियांकालाई व्यंग्य गर्दै बोले तर प्रियंका चोपडाले यसलाई सामान्य रुपमा लिएको बताइएको छ । एक कार्यक्रममा सलमान खानले धन्यवाद, प्रियंकाले यो फिल्म छोडेकोमा । किनकि यो फिल्म क्याटरीनालाई दिइएको छ र यो एकदम हिट भएको छ ।

एक सञ्चारमाध्यमसँगको कुराकानीमा प्रियंकाले ’म यतिमात्र बोल्न चाहन्छु कि यदि मैले यसमा कुनै प्रतिकृया दिएको थिएँ त म चुकी सक्थेँ । सलमान कमालका एक्टर हुन् । मैले सधैं उनको तारिफ गरेँ । उनी मेरो र निकको स्वागतमा आएका थिए । हामी उनको घर गएका थियौं । म उनको बहिनीसँग निकै नजिक छु ।’ बताउनु भएको थियो । तस्वीर गुगलबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?