भारत बसेर नेपालकाे बैंकबाट ५ अर्ब लुटने योजना : यसरी भयो पर्दाफास !

काठमाडौं । कृषि बिकास बैंक लुट्ने मुख्य योजनाकार भारतिय नागरिक काले भनिने ‘पिटर’ले भारत बसेर नेपालका बैंकबाट ५ अर्ब लुट्ने योजना बनाइएको तथ्य बाहिरिएको छ । उनले बिभिन्न बैंकका सिस्टम नै ह्याक गरी पैसा लुट्ने योजना बनाएका थिए ।

उक्त योजनासँग आबद्ध नेपाली नागरिकहरुलाई प्रयोग गरी कृषि विकास बैंक, पानस रेमिट, कैलाश विकास बैंक र नबिल बैंक लगायतका विभिन्न संस्थाहरुमा क्रेडिन्सियल ह्याकिङु गरी रकम निकाली रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ।

कृषि विकास बैंकबाट हालसम्म ४ करोड ७३ लाख ९६ हजार ह्याक भएको छ। पानस रेमिट नयाँ बानेश्वरबाट १२ लाख ह्याक भएको  प्रहरीले जनाएको छ ।

कालेले मुम्बइमा बसी नेपालका मानिसहरुसँग सम्पर्क गरेको भेटिएको छ। उनले भारतमा उनीहरुलाई बोलाइ मिटिङ गर्ने र कमिसन डिल गर्ने गरेको भेटिएको छ। विभिन्न बैंक तथा वित्तीय संस्थाको ह्याक गरेको रकम विभिन्न नेपाली ब्यक्तिहरुको नाममा निकाली १५ देखि ३५ प्रतिशतसम्म कमिसन दिइ हुन्डिमार्फत बाँकी पैसा भारत लैजाने गरेको फेला परेको छ।

बैंकबाट रकम निकाल्न संलग्न भएको आरोपमा लवाङ तामाङ, लक्ष्मी लामा तामाङ, संजय घले, निर्मला तामाङ, निमा तामाङ, पुष्पराज खड्का, विद्यासागर लामिछाने, श्रवणकुमार श्रेष्ठ, सुनिता श्रेष्ठ, शुवन्धर पन्जा, बिजय साह, चन्द्रबहादुर वुढालाई प्रहरीले पक्राउ गरिसकेको छ । साथै उनीहरुबाट ४० लाख ५० हजार बरामद भएको समेत प्रहरीले जनाएको छ ।

त्यतिमात्र नभएर उक्त बैंकका कर्मचारीहरुको समेत संलग्नतामा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?