चेल्सी शानदार जितसँगै चौंथो चरणमा प्रवेश

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग क्लब चेल्सी काराबाओ कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा लिग टु क्लब ग्रिम्स्बी टाउनलाई ७-१ फरािकलाे  गोल अन्तरले पराजित गर्दै चेल्सी चौंथो चरणमा पुगेको हो ।

तस्वीर गूगल

घरेलु मैदानमा चेल्सीलाई फराकिलो जित दिलाउन मिची बात्सुआईले दुई गोल गरे । यस्तै रोस बार्क्ली, पेड्रो रोड्रिगेज, कुर्ट जौमा, रिसी जेम्स र कलुम हड्सनले एक एक गोल गरे । ग्रिम्स्बीका माथ्यु ग्रीनले सान्त्वना गोल फर्काए ।

स्टामफोर्ड ब्रिजमा चेल्सीले पहिलो हाफमा ३ र दोस्रो हाफमा ४ गोल गरेको थियो ।

अब चेल्सीले चौंथो चरणमा म्यान्चेस्टर युनाइटेडको सामना गर्नेछ । युनाइटेड लिग वान क्लब रोचडेललाई पेनाल्टी सुटआउटमा ५-३ गोल अन्तरले पराजित गर्दै चौंथो चरणमा पुगिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?