असमान तलवको विरोध गर्दै बीबीसीकी चीन सम्पादक ग्रेसीद्वारा राजीनामा

बेइजिङ, २४ पुुस । बीबीसीकी चीन सम्पादक क्यारी ग्रेसीले पदबाट राजीनामा दिएकी छन् । पुरुष सहकर्मीको तुलनामा असमान तलब पाएको भन्दै उनले पद छाड्ने निर्णय गरेकी हुन् बीबीसीमा ३० वर्षभन्दा लामो समयदेखि काम गर्दै आएकी ग्रेसीले एउटा खुलापत्रमा संस्थामा ‘गोप्य र गैरकानूनी रूपमा तलब दिने संस्कार’ रहेको बताएकी छन् वार्षिक १ लाख ५० हजार पाउण्डभन्दा बढी तलब पाउने चर्चित दुई तिहाई कर्मचारीहरू पुरूष रहेको खुलासा भएपछि उनले बीबीसीले ‘विश्वासको संकट’ झेलिरहेको बताएकी छन् यता, बीबीसीले भने ‘महिलाविरूद्ध नीतिगत विभेद नरहेको’ दाबी गरेको छ । उनले बीबीसीको बेइजिङ ब्यूरोको सम्पादकको पदबाट राजीनामा दिएपनि आफू बीबीसीमा नै रहने बताएकी छन् उनले भनेकी छन्, ‘म टीभी न्यूजरूममा पहिल्यैको पदमा फर्किनेछु, जहाँ म आशा गर्छु मैले समान तलब पाउनेछु ।’गत जुलाईमा वार्षिक डेढ लाख पाउण्डभन्दा बढी कमाउने सबै कर्मचारीको तलब सार्वजनिक गर्न बीबीसी बाध्य भएको थियो ग्रेसीले बीबीसीका दुईजना अन्तर्राष्ट्रिय पुरूष सम्पादकले आफ्ना महिला समकक्षीले भन्दा ‘कम्तीमा ५० प्रतिशत बढी’ तलब पाउने गरेको थाहा पाएपछि आफू निरूत्साहित बनेको बताएकी छन् बीबीसीका अमेरिका सम्पादक जोन सोपेलले २ लाख ४९ हजार ९ सय ९९ पाउण्ड र मध्यपूर्व सम्पादक जेरेमी बोवेनले १ लाख ९९ हजार ९ सय ९९ पाउण्ड पाउने गरेको खुलासा भएको थियो ग्रेसी त्यो सूचीमा परेकी थिइनन् । जसको अर्थ उनको तलब डेढ लाख पाउण्डभन्दा कम छ खुलापत्रमा उनले लेखेकी छन्, ‘समानतासम्बन्धी ऐन २०१० ले समान कामका लागि महिला र पुरूषले समान तलब पाउनुपर्ने उल्लेख गरेको छ ।’ग्रेसीले महिला कर्मचारीमा ‘धैर्य र सद्भाव सकिन लागेको’ बताएकी छन् । बीबीसी मिडिया सम्पादक अमोल राजनले ग्रेसीको राजीनामा सो संस्थाका लागि ‘ठूलो टाउको दुखाइ’ को विषय बनेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?