चीनले कुनै देशमा विचार निर्यात गर्दैन : चिनियाँ राजदूत यान्छी

काठमाडौं । चीनले सी जिनपिङ विचारधारा पहिलेनै अन्तर्राष्ट्रियकरण भइसकेको बताएको छ । नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीचको पछिल्लो विचारधारात्मक छलफल तथा सम्झौतालाई लिएर नेपालमा बिभिन्न टिकाटिप्पणी भइरहेका बेला चीनले राष्ट्रपति सीको विचारधारा पहिले नै विश्वमा फैलिसकेको जनाएको हो ।

चीन अध्ययन केन्द्रले बिहीबार सी जिनपिङ विचारधाराबारे काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले कुनै देशमा विचार निर्यात नगर्ने दाबी गर्नुभयो । उहाँले कुनै देशको आन्तरिक मामिलामा समेत चीनले कहिल्यै हस्तक्षेप नगर्ने समेत बताउनुभयो ।

कार्यक्रममा राजदूत यान्छीले चीन कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच भएको बैचारिक बहसलाई अन्य अर्थमा नबुझ्न समेत आग्रह गर्नुभयो ।

हालै नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीचको बैचारिक बहसलाई विपक्षी कांग्रेस पार्टी लगायतले आपत्ति जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?