सिआइबीद्वारा सिभिल बैंकका कर्मचारी पक्राउ

काठमाडौं, २४ पुस । सिभिल बैंकका एक कर्मचारीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पक्राउ गरेको छ केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले झण्डै ४० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा सिलिभ बैंकका एक कर्मचारी पक्राउ गरी अनुुसन्धान थालेको छ स्रोतका अनुसार सिभिल बैंकको बौद्ध शाखामा कार्यरत एक कर्मचारीले उक्त रकम हिनामिना गरेका हुन् सिभिल बैंकको बौद्ध शाखाका अप्रेसन इन्चार्ज महेश्वर डंगोलले सिभिल बैंकमै रहेको आफ्नो खातामा उक्त रकम सारेका थिए । त्यसपछि डंगोलले सिभिल बैंकको आफ्नो खाताबाट सनराइज बैंकमा रहेको आफ्नै खाता र केही आफन्तको खातामा रकम ट्रान्सफर गरेका थिए ।त्यस्तै, डंगोललेपटक–पटक गरी उक्त रकम आफ्नो र आफन्तको खातामा पठाएको पाइएपछि बैंकको उजुरीको आधारमा सिआइबीले उनलाई प्रकाउ गरेको हो सिआइबीले पक्राउ परेका डंगोललाई भने सार्वजनिक गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?