कृषि विकास बैंककाे ५ करोड चोरी प्रकरणमा निर्माण व्यवसायी पनि मुछिए, काे हुन उनी ?

काठमाडौं । कृषि विकास बैंकका कर्मचारीको पासवर्ड अनधिकृत रुपमा प्रयोग गरेर करिब ५ करोड रुपैयाँ चोरी प्रकरणमा संलग्न भएको आशंकामा थप एक जना पक्राउ परेका छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले स्याङ्जा वालिङका रामकृष्ण भुसाललाई पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार उनी प्रतीक्षा निर्माण सेवा कम्पनीका सञ्चालक हुन् । उनको खातामा ६५ लाख रुपैयाँ कृषि विकास बैंकको लहान शाखाबाट पठाइएको भेटिएको थियो । उनको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि प्रकरणमा संलग्न १२ जनालाई बुधबार प्रहरीले सार्वजनिक गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?