स्वेच्छिक अवकास लिने कर्मचारीले रित्तो हात फर्किनुपर्ने : मर्जर कमिटीले गर्याे यस्तो निर्णय

काठमाडौं । एनएमबि बैंकसँग मर्जरको क्रममा रहेको ओम डेभलवमेन्ट बैंकका कर्मचारीहरुमा प्याकेजको कुरालाइ लिएर चरम असन्तुष्टि पैदा भएको छ । स्वेच्छिक अवकास कार्यक्रम (भीआरएस)  लिएर बाहिरिने कर्मचारीले अन्य कर्मचारी सरह सुबिधा अपाउने भएसँगै असन्तुष्टि बढेको हो । मर्जर प्रकृयामा असन्तुष्टि जनाउदै ओमबाट अवकास लिएर बाहिरिने कर्मचारीको संख्या बढेसंगै संयुक्त मर्जर कमिटिले भिआरएस प्याकेजमा परिवर्तन गरेको पाइएको छ।

भिआरएस लिने कर्मचारीलाई बैंकले सुरुमा १८ महीनाको तलब बराबारको प्याकेज दिने बताएपनि अहिले त्यस्तो नभएको ओमका असन्तुष्ट कर्मचारीहरुले बताउदै आएका छन् ।

एकिकृत कारोबार सुरु हुनु भन्दा केही दिन अगाडी आएर भिआरएस लिने सबैलाई १८ महीना बराबरको प्याकेज दिन नसक्ने सुचना जारी गरेसँगै कर्मचारीमा असन्तष्टि पैदा भएको हो ।

अन्तराष्ट्रिय अभ्यासअनुसार पनि भिआरएस लिने सबै कर्मचारीलाई समान सुविधा हुने भएपनि बैंकले आफ्ना कर्मचारिलाई अन्याय गरेको कर्मचारिको भनाई छ। तर बैंकका डेपुटी सिइओ तथा कम्पनी सचिव बुद्धि मल्ल भने बैंकले कुनै पनि अन्याय नगरेको दाबि गर्दै आउनु भएको छ ।

सुरुमा १८ महीनाको तलब बराबर प्याकेज दिने भन्ने थियो तर अहीले ५ वर्ष भन्दा माथि काम गरेका कर्मचारीले १८ महीना बराबरकै प्याकेज पाउने भएका छन ।   तर २ देखि ५ वर्ष काम गरेको कर्मचारिले एक वर्ष बराबरको प्योकज र २ वर्ष भन्दा कम काम गरेका कर्मचारीले भिआरएस लिएर बाहीरिएमा रित्तो हात जानुपर्ने अवस्था आएको हो ।

ओमको संचालक समितिले प्रस्ताव गरेको भन्दा फरक तरिकाले संयुक्त मर्जर कमिटिले अवकाश लिने कर्मचारीको सेवा सुविधा परिमार्जन गरेको बैंक स्रोतले जनाएको छ । यसले गर्दा ओम डेभलपमेन्ट बैंकका कर्मचारीमा ब्यापक असन्तुष्टि बढेको पाइएको छ ।

यो भन्दा पहिलेपनि ओमको प्राइम बैंकसंग मर्ज बिग्रिसकेको छ । त्यहि भएरनै अहिले अवकास लिने कर्मचारीले पाउने प्याकेजमा विवाद नगर्ने मनास्तिथिमा संचालक रहेकाले अवकास लिन चाहने तर दुई बर्ष भन्दा कम सेवा गरेका कर्मचारीलाई प्याकेज सुविधा दिने बिषयमा जोड नगरिएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?