लगानीलाई उत्साहजनक ढङ्गले अगाडि बढाउन सकिएन : मुख्यमन्त्री पौडेल

रुपन्देही । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले लगानीलाई उत्साहजनक ढङ्गले अगाडि बढाउन नसकिएको धारणा राख्नुभयो । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलन २०७६ को आज उद्घाटन कार्यक्रममा बोल्दै उहाँले लगानीकर्ता जुन उत्साहपूर्ण तरिकाले आउनुपर्ने हो त्यही रुपमा नआएको बताउनुभयो । ‘प्रतिफल नपाई कसैले लगानी गर्दैन, लगानीमैत्री वातावरणका लागि नीति अलि खुकुलो बनाउन जरुरी छ ।’ उहाँले भन्नुभयो ।

मुख्यमन्त्री पौडेलले स्थानीय तहले इमान्दारीताका साथ काम नगरे सङ्घीयतामाथि प्रश्न उठने भएकाले सबै जिम्मेवार र जवाफदेही हुनुपर्ने बताउनुभयो । ‘नयाँ कामको थालनी आजको आवश्यकता हो, हामीले व्यवस्था परिवर्तन ग¥यांै तर आफूलाई परिवर्तन गर्न सकेनांै भने परिवर्तनको अर्थ हुदैन, तसर्थ देश र जनताप्रति बफादार बनांै ।’ उहाँले उत्साहपूर्ण तरिकाले शुरु गरिएको तिलोत्तमा लगानी सम्मेलन सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?