रिलायन्स सिमेन्टका कर्मचारीमाथि दिनदहाडै हेलमेट प्रहार, लुटियो ६ लाख

काठमाडौं । रुपन्देहीमा दिनदहाडै एक जना लुटिएका छन् ।

भैरहवा लुम्बिनि सडकखण्डमा लुम्बिनी रोड स्थीत रिलायन्स सिमेन्ट उद्योगमा कार्यरत अनिस त्रिपाठी दिउँसो लुटिएको प्रहरीले बताएको छ । उनको साथमा रहेको ६ लाख रुपैयाँ दुई जनाको समुहमा आएका लुटेराले लुटेर फरार भएका छन ।

रिलायन्स सिमेन्ट उद्योगको भैरहवा कार्यालयबाट उद्योग तर्फ मोटरसाईकलमा जांदै गर्दा त्रिपाठीलाई हेलमेटले टाउकोमा प्रहार गरि रकम लुटेर लगेको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए ।

घटनामा अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

यसअघि गत भदौ २९ गते अज्ञात समूहको गोली प्रहारबाट रुपन्देहीकै ओमसतिया ५ पट्खौलीका ४० वर्षिय महेन्द्र कुर्मीको गोली प्रहार गरी ५ लाख रुपैया लुटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?