नेकपा नेतृत्वको सरकारले लगानीको वातावरण तयार गर्दैछ : महासचिव पौडेल

रुन्देही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले मुलुकमा लगानीमैत्री वातावरण बन्दै गएकाले ढुक्क भएर लगानी गर्न लगानीकर्तालाई आह्वान गर्नुभएकाे छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलन २०७६ को आज उद्घाटन कार्यक्रममा बोल्दै उहाँले नेकपा नेतृत्वको सरकार लगानीका लागि अनुकूल परिस्थिति निर्माण गर्न तयार रहेको भन्दै आत्मविश्वासका साथ लगानी गर्न आग्रह गर्नुभयो ।

महासचिव पौडेलले शैक्षिक हबको रुपमा परिचय बनाएको रुपन्देहीमा लगानीको प्रचुर सम्भावना रहेको समेत बताउँदै भन्नुभयो, “प्रचलित कानूनको सिमाभित्र रहेर लगानी गर्नुस, नाफा कमाउनुस यहाँको लगानी संरक्षणमा गर्न हाम्रो साथ छ, यो नगर, जिल्लाका जनता र जनप्रनिधि त्यसका लागि विश्वास दिलाउन चाहान्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?