यी हुन् अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका सेक्स स्क्याण्डल

सन् २०१८ मा अमेरिका र संसारकै इतिहासको एउटा ठूलो सेक्स स्क्याण्डलको २० वर्ष पूरा भएको छ । यो स्क्यान्डल अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टनसँग जोडिएकाले पनि यति धेरै चर्चाको विषय बनेको हो सन् १९९८ को जनवरीमा ४९ वर्षीय अमेरिकी राष्ट्रपति बिल क्लिन्टन र मोनिका लेविन्स्कीको शारीरिक निकटताको समाचारले पूरै संसारमा तहल्का मच्चाइदिएको थियो मोनिका लेविन्स्कीको उमेर २२ वर्षको थियो र उनी क्लिन्टनको कार्यालय ह्वाइट हाउसमा काम गर्दथिन । तर क्लिन्टन यसरी चर्चामा आएका पहिलो अमेरिकी राष्ट्रपति भने होइनन् उनीभन्दा अघि ह्वाइट हाउसमा केही यस्ता राष्ट्रपति आए, जसको जीवनसँग जोडिएका रहस्य पर्दामा लुकेका छन् । यसमध्ये एक ह्यारी एस। ट्रुम्यान समेत थिए रेकर्ड चार पटक अमेरिकी राष्ट्रपतिको चुनाव जितेका फ्रेङ्कलिन डि रुजवेल्टको प्रशासनमा ट्रुम्यान उपराष्ट्रपति थिए रुजवेल्टको मृत्यु सन् १९४५ अप्रिलमा भएपछि उनले दोस्रो विश्वयुद्ध समाप्त हुनेसमयसम्म अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए उनी ह्वाइट हाउसमा बस्न आउँदा उनले अमेरिकी राष्ट्रपतिको निवास स्थानको अवस्था धेरै खराब रहेको पाए । तीन वर्षपछि ह्वाइट हाउसको खराब अवस्था देखेर उनकी पत्नी चिन्तित भइन् भने ट्र्म्यानकी छोरी म्यारी माग्र्रेट पहिलो तलामा बसेर पियानो बजाउँदै बस्थिन् । एक दिन पियानो बजाइरहेको समयमा ह्वाइट हाउसको छत फुट्यो र म्यारी माग्र्रेट पियानोसँगै खसिन् यो घटनापछि राष्ट्रपतिको परिवार ब्लेयस हाउसमा स¥यो । रुजवेल्ट प्रशासनले केही समयअघि विदेशी पाहुनालाई राख्नका लागि ब्लेयर हाउस किनेको थियो । यी विदेशी पाहुनामध्ये बेलायतका प्रधानमन्त्री विस्टन चर्चिलको नाम विशेष रुपमा आउछ । रुजवेल्ट र चर्चिलको दोस्तीको केही चर्चित किस्सा समेत रहेका छन् चर्चिल आफ्नो अमेरिका भ्रमणका क्रममा ह्वाइट हासउमा बस्थे र चुरोट पिउँदै गरेका रुजवेल्टसँग देखिन्थे चर्चिल र रुजवेल्टको सम्बन्ध प्रगाढ थियो कि चर्चिल राजनीतिक मुद्दामा कुराकानीका लागि आधा रातसम्म उनको बेडरुममा समेत पुग्थे अर्कोतर्फ ह्वाइट हाउसमा प्रथम महिला एलिजाबेथ बेस ट्रुम्यानलाई वासिंगटन कुनै खास भूमिका पाइरहेकी थिइनन् उनलाई पूर्व प्रथम महिला एलियानोर रुजवेल्टसँग आफ्नो तुलना गर्न पनि मन पराउँदिन थिइन् । एलिजावेथ ट्रुम्यानलाई प्रथम महिलाको आफ्नो भूमिकामा कुनै धेरै महत्वाकांक्षा पनि थिएन उनी आफ्ना पतिकी पत्नी बनेर बस्न चाहन्थिन, भलै उनका पति अमेरिकी राष्ट्रपति थिए । एलिजावेथ र ह्यारीबीच स्कुलदेखि नै एक अर्कालाई राम्ररी चिन्दथे । उनीहरु दुवै जना यति नजिक थिए कि जब एलिजावेथ र म्यारी माग्र्रेट वासिंगटनबाट आफ्नो गृहराज्य मिजुरी गएपछि ह्यारी ट्रुम्यान एक्लो महसुस गर्न थाले सन् १९४९ मा एलिजावेथ चार महिनाका लागि वासिंगटनबाट बाहिर गइन र सेप्टेम्बरमा आफ्नी छोरी फर्किनुभन्दा ठीक एक दिनअघि आइन् ब्लेयर आउसमा एलिजाबेथ ह्यारीलाई खाना खानका लागि पर्खिइरहेकी थिइन् । ह्यारी ट्रुम्यान त्यहाँ पुगे र कर्मचारीहरुलाई फिर्ता पठाए सिक्रेट सर्भिसका दस्तावेजअनुसार उनीहरु दुवै हाइस्कुलका विद्यार्थीजस्तो व्यवहार गरिरहेका थिए, जसका बाबुआमा सहरबाहिर होउन् अर्को दिन बिहान एलिजाबेथ ट्रुम्यानले आफ्नो बटलरसँग संकुचित हुँदै भनिन्, ‘ब्लेयर हाउसका चारवटा खाट राति भाँचिए, के तिनीहरुलाई परिवर्तन गर्न सकिन्छ ?’ राष्ट्रपति ट्रुम्यानको उमेर त्यसबेला ६५ र एलिजावेथको ६४ वर्ष थियो ब्लेयर हाउसको यो घटनापछि उनले अर्को एउटा चुनाव जिते र कार्यकाल सकिएपछि राजनीति नै छाडे । ट्रुम्यान दम्पत्ति त्यसपछि गृहराज्य मिजुरीमा नै गएर बसे सन् १९७२ मा ह्यारी ट्रुम्यानको मृत्यु भयो । त्यसको १० वर्षपछि एलिजाबेथको पनि मृत्यु भयो र उनलाई पनि ट्रुम्यानको अन्त्येष्टि गरिएकै स्थानमा अन्त्येष्टि गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?