काठमाडौं – विवादित पृष्ठभूमिका काभ्रेका गणेश लामा नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा मनोनित हुने भएका छन् । उनी विजय कुमार गच्छदार निकट मानिन्छन् ।
चुनावअघि कांग्रेसमा समाहित भएको विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन लोकतान्त्रिक फोरमका नेताहरुलाई केन्द्रीय समितिमा ल्याउने पार्टीको तयारी अनुरुप लामालाई पनि केन्द्रीय सदस्य बनाउन लागिएको हो । एकीकरणअघि लामा गच्छदारको पार्टीका केन्द्रीय सदस्य थिए ।
स्रोतका अनुसार शुक्रबार बस्ने काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले लामालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने तयारी गरेको छ।
लामा गुण्डागर्दीमा संलग्न भएको भन्दै पटक पटक पक्राउ पर्दै छुट्टै आएका व्यक्ति हुन् ।
गत निर्वाचनमा उनी काभ्रे प्रदेशसभा १ (ख) बाट सदस्य उम्मेदवार समेत बनेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया