पाटन भ्याली र भूमेश्वर सेमिफाइनलमा

काठमाडौं । पाटन भ्याली र भुमेश्वर, पाटन नगरपालिकामा जारी ‘प्रथम मेयर कप टि-ट्वान्टी क्रिकेट प्रतियोगिता’को सेमिफाइनमा प्रवेश गरेका छन् ।

बिहीवार श्रीकृष्ण माविको खेलमैदानमा सम्पन्न खेलमा पाटन नगरपालिका-६ पाटन भ्यालीले पाटन नगरपालिका-४ भूमेश्वरलाई आठ विकेटले हराएर अन्तिम चारमा स्थान बनाएको हो । भूमेश्वरले पाटन भ्यालीलाई ७८ रनको लक्ष्य दिएको थियो ।

सो लक्ष्य पाटन भ्यालीले दुई विकेटको क्षतिमा पूरा ग-यो । उसका लागि वीरेन्द्र विष्टले ४२ रन बनाए । उनी म्यान अफ द म्याच घोषित भए । यसअघि ब्याटिङ गर्दै भूमेश्वरले १५ ओभरमा ७७ रन मात्र बनायो ।

अर्को खेलमा पाटन नगरपालिका-८ सिद्धेश्वरलाई नौ विकेटले हराउँदै पाटन-५ बसन्तपुर विजयी भयो । सिद्धेश्वरले दिएको १२८ रनको लक्ष्य बसन्तपुरले एक विकेटको क्षतिमा पूरा ग-यो । उसका लागि म्यान अफ द म्याच मनोज ठगुन्नाले अविजित ६७ रन बनाए । यस अघि पहिला ब्याटिङ गरेको सिद्धेश्वरले कृष्ण विष्टको अर्धसतकीय पारीको मद्दतमा १२७ रन बनायो ।

विष्टले ५५ रन बानाए । बलिङतर्फ बसन्तपुरका प्रकाश ठगुन्नाले तीन विकेट लिए । बुधवारदेखि शुरु भएको प्रतियोगितामा ६ टोलीको सहभागिता छ । पाटन नगरपालिकाले आयोजना गरेको उक्त प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले रु २० हजार पुरस्कार पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?