नौबिसे–नागढुंगा सवारी जामले जामले बिरामीको बाटोमै मृत्यु

काठमाडौं । सवारी जामले नौबिसे–नागढुंगा सडकमा एक बिरामीको मृत्यु भएको छ ।

जनकपुरबाट काठमाडौंका लागि छुटेको ना ७ ख ५३६४ नम्बरको बसमा रहेका रौतहट गरुणा नगरपालिका ८ का ३५ वर्षका रुपलाल शाहको जाममा परेका बेलामा बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । शाह क्यान्सर पीडित थिए ।

गाडीमा रहेका शाहको के कारणले ज्यान गएको हो भन्ने बारेमा खुल्न बाँकी छ । अहिले शाहको शव पोष्टमार्टमको लागि लैजाने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?