एनआइसी एशिया बैंकले आज लाभांश पारित गर्दै

काठमाडौं । एनआइसी एशिया बैंकले आज लाभांश पारित गर्ने भएको छ । बैंकले वार्षिक साधारण सभा आयोजना गरी लाभांश पारित गर्न लागेको हो । आज २१ दशमलव शून्य ५ प्रतिशत प्रस्तावित लाभांश पारित गर्दैछ ।

बैंकले भदौ २९ गतेदेखि सभा प्रयोजनका लागि बुक क्लोज गरेको थियो । त्यसै अनुसार भदौ २८ गतेसम्म कायम सदस्यहरु मात्र सभामा भाग लिन र लाभांशको हकदार पाउनेछन् ।

साथै बैंकले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग सहकार्य तथा काम गर्नका लागि सम्पूर्ण अख्तियारी संचालक समितिलाई प्रदान गर्ने विषय समेत सभामा पारित गर्ने जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?