काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मुलुकमा युवा उद्यमीहरु बढदै गएकोमा खुसी व्यक्त गर्नुभएको छ ।
मन्त्री यादवले युवा उद्यमीमार्फत् स्वदेशी उत्पादनलाई बढावा दिन सरकारले आवश्यक वातावरण बनाई दिने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । उहाँले सरकारले स्वदेशी उत्पादन र त्यसको बजारीकरणका लागि अन्तराष्ट्रिय मेलाहरुमा नेपाली बस्तुहरुको सहभागिता बढाउन सक्दो पहल गर्ने सरकारको नीति रहेको पनि स्मरण गराउनुभयो ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सहभागी हुनुभएका मन्त्री यादवले संचारकर्मीमाझ मुलुकमा उद्योग विकासका शुभसंकेतहरु देखिएको उल्लेख गर्दै त्यसको विकासका लागि आवश्यक सबै खालको सहजीकरण गरेर अघि बढन सरकार तयार रहेको पनि बताउनुभयो । त्यसका लागि सरकारले स्वदेशी बस्तुको उत्पादनलाई जोड दिईरहेको पनि मन्त्री यादवको दावी छ ।
मन्त्री यादवले मुलुकमा भईरहेको औद्योगिक मेलाहरुले पनि उद्यम विकासमा महत्वपूर्ण योगदान पु¥र्याइरहेको पनि स्पष्ट पार्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया