निद्राका विशेषज्ञहरुले वयस्क(एडल्ट) मानिसहरुले न्यूनतम पनि सात घण्टा सुत्नु पर्ने बताएका छन् । राम्रो सँग निद्रा नपुगेको मानिसमा विभिन्न शारीरिक रोग देखा पर्ने गर्दछ । ‘जरनल स्लीप’ विशेषज्ञहरुले वयस्क मानिसहरुलाई सात घण्टा न्यूनतम सुत्न सिफारिस गरेका छन् ।
वयस्क मानिसलाई कति निद्रा चाहिन्छ भन्ने विषयमा १५ निद्राका विशेवषज्ञहरुले अध्ययनमा एक वर्ष विताएका थिए । उनीहरुले ५ हजार तीन सय वयस्क मानिसहरुको निद्रा, उनीहरुको शारीरिक र मानसिक अवस्थाको निरिक्षण गरेका थिए । जसबाट निस्किएको निश्कर्षलाई विवरणको रुपमा ‘द अमेरिकन एकेडेमी अफ स्लीप मेडिसिन’ र ‘द स्लीप रिसर्च सोसाइटी’मा प्रकाशित गरिएको थियो ।
विशेषज्ञहरुका अनुसार छ वा सो भन्दा थोरै निद्रा एक वयस्क मानिसको लागि अपुग हुन्छ । उनीहरुको अध्ययन अनुसार थोरै सुत्ने मानिसहरुमा तौल बढ्ने, मुटुको समस्या, मधुमेह जस्ता खतरनाक रोग लाग्ने देखा परेको थियो । उनीहरुले विरामी परेको वयस्क मानिसलाई नौ देखी माथि निद्रा चाहिने पनि बताएका छन् ।
मानिसहरु व्यस्तताले गर्दा राम्रोसँग निद्रा नपुगे पनि काममा जान्छन् तर यसो गर्नु उनीहरुको शारीरिक मात्र नभइ मानसिक स्वास्थ्यलाई पनि हानी गर्ने विशेषज्ञहरुको भनाइ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया