धादिङमा ट्याक्टर दुर्घटना : ९ जना गम्भीर घाइते

काठमाडौं | धादिङमा ट्याक्टर दुर्घटना हुँदा ९ जना गम्भीर घाइते भएका छन् | शनिबार बिहान धादिङबेंसी-सल्यानटार सडकखण्डको ज्यामिरेमा मजदुर सवार  ना६च २७८० नम्बरको ट्याक्टर दुर्घटना हुँदा ९ जना गम्भीर घाइते भएका हुन् । उनीहरु सडकखण्ड कालोपत्रे गर्ने जिम्मा लिएका नवकान्तिपुर कन्ट्रक्सनमा कार्यरत थिए ।

निर्माण कम्पनीको सम्पर्क कार्यालय रहेको निगालपानीबाट ना६च २७८० नम्बरको निर्माण कम्पनीकै ट्याक्टरमा १४ जना चढेका थिए ।

सख्त घाइतेलाई काठमाडौं लैजान लागिएको भएपनि नागढुंगा-नौबिसेको जामले गर्दा भरतपुर पठाइएको प्रहरीले जनाएको छ । ट्याक्टर तीव्र गतिमा कुदाएको कारण दुर्घटना भएको जनाइएको छ।

अन्य घाइतेहरुमा तेजबहादुर रावत, पूर्णवहादुर डाँगी, दिर्घबहादुर रावत, कर्णबहादुर शाही, कर्णबहादुर चनारा, चन्द्रबहादुर रावत, विर्खबहादुर रावत रहेका छन्। उनीहरुको जिल्ला अस्पताल धादिङबेंसीमा उपचार भइरहेको छ। उनीहरु गत एक महिनादेखि सडकमा कार्यरत थिए। शाहीका अनुसार कालोपत्रे सकिएर दसैं मनाउन शनिबार जिल्ला हिँडने तरखरमा थिए। बर्दिया राजापुर २ निवासी सन्जयकुमार चौधरीले चालक सन्जयकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?