छोरीको हत्या गरेको आरोपमा आमा पक्राउ

काठमाडौं | बर्दियामा छोरीको हत्या गरेको आरोपमा आमा पक्राउ परेकी छिन् | बर्दिया जिल्ला अदालतले बासगढी नगरपालिका—४ पहाडीपुरकी २९ वर्षिया अनु हमाल भन्ने दिल कुमारी थापालाई ६ वर्षीया छोरीको हत्या गरेको आरोपमा पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

गत भदौ ९ गते राति थापाकी छोरी सिम्रन खाटबाट लडेर भन्दै उनले उपचारका लागि शिक्षण अस्पताल लगेकी थिइन् । उपचारकै क्रममा उनको मृत्यु भएको थियो ।

यसैबीच उक्त घटनामा संलग्न भएको आरोपामा बासगढी—६ मैनापोखर लिङ रोडका ३६ वर्षीय राम चन्द्र भन्ने बासुदेव पौडेललाई पनि पूर्पक्षका लागि थुनामा पठाइएको छ ।
अनुका श्रीमान् वैदेशिक रोजगारको शिलशिलामा विदेशमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?