अभियन्ता ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट, कसले कुट्यो ?

काठमाडौं- ‘नेपालका लागि नेपाली’ अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीमाथि चितवनमा कुटपिट भएको छ । एक कार्यक्रमका लागि चितवन पुगेका उनलाई निर्घात कुटपिट भएपछि प्रहरीले उनको उद्दार गरेको छ ।

कार्यक्रम के थियो ?
‘नेपालका लागि नेपाली’ अभियानले कार्यक्रम राखेको थियो ।
आयोजित सो कार्यक्रम चितवनको चौबिसकोटीमा हुने तय थियो । कार्यक्रममा खबरदारी सभा गरीने भनिएको थियो । तर, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्वद्ध विद्यार्थीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रम विथाल्न थालेपछि उनीमाथि ति समुह जाईलागेका हुन् । शाहीमाथि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्वद्ध विद्यार्थीहरुले कुटपीट गरेका हुन् । चौबिसकोटीस्थित होटल ग्लोबलबाट निस्किएर गाडी चढेका उनीमाथि कुटपिट भएको हो । उक्त समूहले शाही चढेको गाडीमा समेत तोडफोड गरेको बुझिएको छ ।

प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?